बिएल संवाददाता
एभ्रेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभिएल) मा चितवन शक्तिले पहिलो हार बेहोरेको छ। चितवनले काठमाडौँ स्पाइकर्ससँग ३–१ ले पराजय बेहोरेको हो।
राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा चितवनले पहिलो हार बेहोरेको हो। काठमाडौँले चितवनलाई २१–२५, २५–१०, २५–२२ र २५– १७ ले हरायो।
पहिलो सेटमा जित निकालेको चितवन पछिल्ला तिन सेटमा भने टिममा तालमेल मिल्न नसक्दा कमजोर देखियो।
पहिलो सेटमा सुरुवाती अग्रता बनाएको काठमाडौँले बिचमा मोमेन्टम बिग्रान पुग्यो। जसको फाइदा चितवनले उठायो। पहिलो सेटको बिचमा पुग्दा चितवनले १५–१० ले अग्रता बनायो। काठमाडौँले पछ्याउँदै १९–२१ को अवस्था बनायो। पहिलो सेट भने चितवनले २५–२१ ले आफ्नो पक्षमा पार्यो।
दोस्रो सेटमा पनि काठमाडौँले ८–४ ले अग्रता बनायो। सुरुवाती अग्रतालाई निरन्तरता फराकिलो जित निकाल्दै २५–१० ले जित निकाल्यो।
तेस्रो सेटको सुरुुवातमा चितवनले मोमेन्टम समात्न नसकेको जस्तो लिन सकेन। काठमाडौँले दोस्रो सेट जस्तै उत्कृष्ट लयसँगै तेस्रो सेट पनि जित्यो। काठमाडौँले २५–२२ मा सेट जित्यो।
चौथो सेटमा पनि चितवनमाथि दबदबा बनाउँदै काठमाडौँले जित निकालेको हो।
आज काठमाडौँको खेलमा निकै सुधार देखियो। चितवन भने पहिलो खेलमा गण्डकीसँग जस्तो खेल्न सकेन। जसको फलस्वरुप काठमाडौँले आजको खेल जितेको हो। चौथो सेटमा २५–१७ हराउँदै काठमाडौँले पहिलो जित हात पारेको छ।
चितवनले आफ्नो तेस्रो खेल भोलि (बुधबार) मधेश युनाइटेडसँग खेल्नेछ। चितवन भोलिको खेलमा आज भन्दा राम्रो प्रदर्शनसहित जितको खोजीमा मैदान उत्रिनेछ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया