बिएल संवाददाता
एसिया रग्बीको आयोजनामा र नेपाल रग्बी संघको व्यवस्थापनमा हुने एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी–२०२४ प्रतियोगिता हुने भएको छ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी संघले यही असोज १८ र १९ गते दशरथ रंगशालामा ‘एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी–२०२४ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो।
प्रतियोगितामा एसियाका नेपालसहित १६ वटा देशहरुको सहभागिता रहनेछ। जसमा पुरुष रग्बी सेभेन्स तर्फ १४ वटा टिम र महिला रग्बी सेभेन्समा सातवटा टिमले सहभागिता जनाउने छन्।
जसमा देशमा चलिरहेको विभिन्न द्वन्द्वका कारण इरानको महिला टोलीले मात्रै यस प्रतियोगितामा सहभागी हुन नसक्ने बताएको छ।
एसियाका ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलहरुले सहभागी जनाउने यस अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपालमा खेल पर्यटन प्रवर्द्धन हुनेमा संघको विश्वास छ। प्रतियोगितामा करिब दुई करोड १० लाख लागत लाग्ने अनुमान गरिएको छ।
प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक प्राप्त गर्नेछन् भने द्वितीया हुने टोलीले रजत र तृतिया हुने टोलीले कास्य पदक प्राप्त गर्नेछन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया