बिएल संवाददाता
गएको हप्ता परेको तीन (असोज ११ गतेदेखि १३ गते)सम्मको वर्षापछि आएको बाढीले काठमाडौंस्थित दक्षिणकाली मन्दिरमा ठूलो क्षति गर्यो। बाढीले क्षति गरेको मन्दिरमा अहिले स्थानीय सरसफाइ र संरक्षणमा जुटेका छन्।
वडादशैंमा भीडभाड हुने मन्दिर परिसरका अधिकांश संरचना भत्किएको र लेदो माटो पसेकाले स्थानीय जनप्रतिनिधिको अगुवाइमा सरसफाइ गरिएको छ। उक्त कार्यका लागि नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीले पनि साथ दिएका छन्।
बाढीले मन्दिर परिसरमा लेदो माटो जमेर दर्शन गर्न असहज भएको थियो। तर शनिबार सरसफाइ गरेपछि केही सहज भएको छ।
नगरपालिकाको अधिकृत एवं दक्षिणकाली धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास व्यवस्थापन समितिको कार्यकारी अधिकृत पेशल कुमार पोखरेलले मन्दिरलाई पहिलेकै अवस्थामा ल्याउने प्रयास भइरहेको बताए।

‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया