बिएल संवाददाता
दावा याङ्जुम शेर्पा विश्वका ८ हजार मिटरभन्दा माथिका १४वटै हिमाल आराेहरण गर्ने पहिलाे नेपाली महिला बनेकी छन्।
चीनमा अवस्थित विश्वकाे १४औँ अग्लाे हिमाल शिशपाङ्माकाे आराेहण पूरा गरेपछि याङ्जुम ८ हजार मिटर माथिका १४वटै हिमाल आराेहण गर्ने पहिलाे नेपाली महिला बनेकी हुन्।
याङ्जुमले बुधबार बिहान ५ बजे शिशपाङ्मा हिमालकाे शिखर चुमेकाे क्लाइम्बलया टेक्स एण्ड एक्सपेडिशन कम्पनीका निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए।
उनले विश्वका अन्य १३वटा हिमाल पहिला नै आराेहण गरेकी थिइन्।
विदेशी महिलाहरुले यी १४वटै हिमाल आराेहण गरेका भएपनि नेपाली कुनै पनि महिलाले १४वटै हिमालकाे आराेहण गर्न सकेका थिएनन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया