बिएल संवाददाता
यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हान काङले प्राप्त गरेकी छिन्।
उनी दक्षिण कोरियाकी लेखक/साहित्यकार हुन्। अहिलेसम्म साहित्यतर्फको पुरस्कार ११७ पटक दिइएको छ र यसबाट १२१ जना साहित्यकारले पुरस्कार पाएका छन्। काङ नोबेल साहित्य पुरस्कार पाउने १८औं महिला हुन्।
पुरस्कार छनोट समितिका अनुसार ‘द भेजिटेरियन’ पुस्तकका लागि उनलाई नोबेल पुरस्कार दिइएको हो। अहिले ५३ वर्षकी यी साहित्यकारको यो पुस्तकले सन् २००७ मै ‘म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार पाइसकेको छ।
२०२४ का लागि चिकित्साशास्त्रतर्फ भिक्टर एम्ब्रोस र ग्यारी रभ्कन, भौतिकशास्त्रतर्फ जोन जे हप्फील्ड र जेफ्री ई हिन्टन तथा रसायनशास्त्रतर्फ डेभिड बेकर, डेमिस हसाबिस तथा जोन एम जम्परले नोबेल पुरस्कार पाउने भएका छन्।
नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार आगामी सोमबार घोषणा हुनेछ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया