आइतबार, ०४ जनवरी २०२६

बिपी राजमार्गमा सुख्खा पहिराे, फेरि सडक छेकियाे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
Break n Links
• • •

शुक्रबार बिहानबाट खुलेको भनिएको बिपी राजमार्ग सुख्खा पहिराे खसेपछि फेरि अवरुद्ध भएकाे छ। 

काभ्रेकाे राेशी गाउँपालिका ११ पिप्लेमा खसेकाे सुख्खा पहिराेले एउटा जिप पुरिदिएकाे छ। एउटा बस पनि धकेलिएकाे छ। 

प्रहरीका अनुसार पहिराे हटाउन पुगेकाे डाेजर पनि पहिरामा पल्टिएकाे थियाे। 
 
यी दुर्घटनाहरूमा कुनै मानवीय क्षति नभएकाे र बाटाे खुलाउने प्रयत्न भइरहेकाे प्रहरीले जनाएकाे छ। 
 

१४ दिनपछि याे राजमार्ग आज बिहान ८ बजेदेखिमात्रै सञ्चालनमा आएकाे थियाे। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!