बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई १३४ रनकाे लक्ष्य दिएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे कर्णालीले निर्धारित २० ओभरमा पूरा विकेट गुमाएर १३३ रन बनायाे।
कर्णालीका ओपनर देव खनाल र व्हिलियम बिस्टाेले अर्धशतक प्रहार गरे। खनालले ४८ बलमा ५३ र बिस्टाेले ४९ बलमा ६६ रन प्रहार गरे। अन्य कुनै पनि खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
बिराटनगरका प्रतिस जिसीले ४ तथा क्रिस साेल र बसिर अह्मदले २-२ विकेट लिए। भने, अकिब इलियसकाे नाममा १ विकेट रह्याे।
कप्तान सन्दीप लामिछानेले भने एउटा पनि विकेट लिन सकेनन्। उनले याे खेलमा ४ ओभरमा सर्वाधिक ३६ रन खर्चिए।
एनपिएलमा दुवै टाेली दाेस्राे जितकाे खाेजीमा रहेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया