शुक्रबार, ११ जुलाई २०२५

चितवनसँग सुदूरपश्चिम पराजित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौँ
2024-12-08 16:18:00
Break n Links
• • •

नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्स चितवन राइनाेजसँग ३३ रनले पराजित भएकाे छ। 

त्रिवि क्रिकेट मैदानमा भएकाे दाेस्राे खेलमा चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ ओभर २ बलमा १३१ रनमा समेटियो।

सुदूपश्चिमकाे याे पहिलाे हार हाे। यसअघि सुदूरपश्चिमले विराटनगर, काठमाडौं र लुम्बिनीलाई पराजित गरेको थियो।

चितवनले चौथो खेलमा तेस्रो जित हात पारेको छ। सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो। 

काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो।

आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित गरेको थियो। 

जनकपुर लगातार ४ खेलमा विजयी हुँदा लुम्बिनी लगातार चौथो खेलमा पराजित भएको हो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?