बिएल संवाददाता
मुद्धा मिलाइदिन भन्दै अख्तियार कार्यालयमा १ लाख रूपैयाँ घुस रकम बोकेर पुगेका एक प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा रहेका छन्। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयबाट शुक्रबार पक्राउ परको हुन्।
उनीमाथि अछामको मल्लेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा मेसिनरी सामान खरिद गर्दा अनियमितता गरेको उजुरी परेपछि अहिले अख्तियार कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ।
सोही भ्रष्टाचारसम्बन्धि मुद्धा मिलाइ दिन भन्दै सापकोटाले अख्तियार कार्यालयका अनुसन्धान अधिकृतलाई एक लाख रूपैयाँ दिएका थिए। 'अनुसन्धान अधिकृतको कार्यकक्षमा आई मुद्धा मिलाइ दिन भनि एक लाख रूपैयाँ स्वेच्छाले ल्याएको हो भनी भनेको अवस्थामा निज (सापकोटा)ले घुस, रिसवत दिने मनसायसहित ल्याएको उक्त रकमसहित निज धुर्व प्रसाद सापकोटालाई नियन्त्रणमा लिइएको छ', अख्तियारले भनेको छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया