बिएल संवाददाता
मुद्धा मिलाइदिन भन्दै अख्तियार कार्यालयमा १ लाख रूपैयाँ घुस रकम बोकेर पुगेका एक प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा रहेका छन्। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयबाट शुक्रबार पक्राउ परको हुन्।
उनीमाथि अछामको मल्लेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा मेसिनरी सामान खरिद गर्दा अनियमितता गरेको उजुरी परेपछि अहिले अख्तियार कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ।
सोही भ्रष्टाचारसम्बन्धि मुद्धा मिलाइ दिन भन्दै सापकोटाले अख्तियार कार्यालयका अनुसन्धान अधिकृतलाई एक लाख रूपैयाँ दिएका थिए। 'अनुसन्धान अधिकृतको कार्यकक्षमा आई मुद्धा मिलाइ दिन भनि एक लाख रूपैयाँ स्वेच्छाले ल्याएको हो भनी भनेको अवस्थामा निज (सापकोटा)ले घुस, रिसवत दिने मनसायसहित ल्याएको उक्त रकमसहित निज धुर्व प्रसाद सापकोटालाई नियन्त्रणमा लिइएको छ', अख्तियारले भनेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया