नयाँ पत्रिका दैनिक
खेलकुद त्यस्तो विधा हो, जहाँ युवा अग्रमोर्चामा हुन्छन् । उमेर पुगेकाहरूले प्रशिक्षक, निर्णायक वा विज्ञका आफ्ना अनुभव बाँड्छन् । देशलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन खेल क्षेत्रको महत्व विशेष छ । पूर्वखेलाडी र नेपाल क्रिकेट संघको सचिव भएका नाताले युवापुस्ताप्रति मेरो ठुलो भरोसा र सम्मान छ । किनकि, खेलकुदमा युवा अपरिहार्य शक्ति हो । चाहे खेलाडीका रूपमा होस् वा दर्शक, उनीहरूको उपस्थितिबेगर खेल क्षेत्र चलायमान हुन सक्दैन ।
‘जेन–जी’ पुस्तासँग असीमित क्षमता र सम्भावना छ । त्यसलाई पहिचान गरेर देश निर्माणमा लगाउन सक्नु नै आजको आवश्यकता हो । यही मनन गरेर हामीले पहिलो फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल)मा पनि जेन–जी पुस्तालाई पर्याप्त स्पेस दियौँ । प्रतियोगितामा हरेक टोलीमा आबद्ध जेन–जी पुस्ताका खेलाडीको प्रदर्शन निकै अब्बल थियो । उनीहरूले क्रिकेट खेलेर नामसँगै राम्रो दाम पनि कमाइरहेका छन् । अहिले नेपालमा अति चलेका १० देखि १२ जना खेलाडीले औसतमा क्रिकेटबाटै वार्षिक १२ लाख रुपैयाँ कमाइरहेको अवस्था छ । एनपिएलजस्ता फ्रेन्चाइज प्रतियोगिता हुँदा यो आय निकै बढ्छ । विदेशी लिगमा खेल्न जाँदा त अझै आकर्षक कमाइ हुन्छ । हाम्रो समयसँग तुलना गर्दा यो निकै ठुलो हो । मानिस कति कमाएर खुसी हुन्छ ? यसको ठ्याक्कै जवाफ कसैसँग नहोला । यति भन्न सकिन्छ– राम्रो प्रदर्शन गर्दा क्रिकेटमा अहिले राम्रै पैसा छ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया