मङ्गलबार, १५ जुलाई २०२५

बढ्यो सुनको भाउ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2025-01-09 11:29:00
News Image
• • •

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला १ लाख ५२ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्यमा पनि १० रुपैयाँले वृद्धि भएको छ। चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?