बुधबार, १७ सेप्टेम्बर २०२५

विपक्षी मोर्चाप्रति सूर्य थापाको कटाक्ष- राजा फर्काउने र सहकारी ठगी गर्नेहरू एकै ठाउँ

Break n Links
• • •

नेकपा एमालेका सांसद सुर्य थापाले विपक्षी दलहरूको मोर्चालाई राजतन्त्रको पुनर्स्थापना, प्रतिगमनको सेवा र सहकारी ठगी गर्न पाउनै पर्ने एजेन्डा बोकेकाहरू एकै ठाउँमा आएको टिप्पणी गरेका छन्।

शुक्रबार संसदका प्रतिपक्षी दलहरूले सरकारविरुद्ध प्रेस वक्तव्य जारी गर्दै संयुक्त पत्रकार सम्मेलन आयोजना गरेपछि थापाले प्रतिक्रिया दिएका हुन्।

‘२७५ सदस्यीय प्रतिनिधिसभामा ८१ सदस्यीय मोर्चाबन्दी। राजतन्त्रको पुनर्स्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनै पर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सझिनुपर्ने आदि साझा एजेण्डा- बिना चिल्लाको च्वाईच्वाईं,’ थापाले विपक्षी दलको प्रेस वक्तव्य सेयर गर्दै भनेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!