बिएल संवाददाता
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा गितेन्द्रबाबु राई (जीबी)को परिवारका अन्य सदस्यहरूलाई पनि प्रतिवादी बनाइएको छ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालयले रुपन्देही जिल्ला अदालतमा रुपन्देहीमा दायर गरेको अभियोजन पत्रमा जीबीको परिवारका अन्य तीन सदस्यलाई प्रतिवादी बनाइएको हो।
पुरक अभियोजनामा २२ जना प्रतिवादी मध्येमा जीबी राईसहित उनकी पत्नी भगवती बमजन ‘निशा’, दाईहरू अनन्तबाबु राई र देवेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको हो।
जीबीकी श्रीमती निशा स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङ प्रालिको सेयरधनी हुन्। अनन्तबाबु स्प्रिङउडकझ सेयर सदस्य र जीबीको गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक समिति सदस्य हुन्। देवेन्द्रबाबु सुप्रिमको सञ्चालक समिति सदस्य हुन् ।
निशाको हाउजिङ कम्पनीमा पनि सुप्रिम सहकारीको १३ करोड ९८ लाख २२ हजार ६२५ रुपैयाँ गैरकानुनी रुपमा प्रवाह भएको प्रहरी अनुसन्धानमा खुलेको थियो।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया