बिएल संवाददाता
जमलस्थित राष्ट्रिय नाचघरमा ‘नेपाल–भारत रंग महोत्सव’ सुरु भएको छ।
बुधबारदेखि सुरु भएको महोत्सवलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्रीप्रसाद पाण्डेले उद्घाटन गरेका थिए।
उद्घाटन समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहित नेपाल र भारतका विशिष्ठ व्यक्तित्वलगायत रंगकर्मीहरूरुको उपस्थिति रहेको थियो।
महोत्सवको पहिलो दिन बुधबार नेपालको ‘...गच्छामी’ नाटक मञ्चन भएको छ। यो नाटकका निर्देशन सुनिल पोखरेलले गरेका हुन् ।
माघ ३० गतेसम्म चल्ने महोत्सवमा नेपालका तीन र भारतका तीन गरी छ वटा नाटक मञ्चन हुनेछन । जसमा नेपालका ‘...गच्छामी’, दीया मास्केद्धारा निर्देशित ‘कथा कस्तुरी’ (माघ २४ गते) र नम्रता केसीद्धारा निर्देशित ‘जून–परीकथा मात्र होइन’ (माघ २७ गते) तथा भारतका अजय कुमारद्धारा निर्देशित ‘माई री मै कासे कहूँ’ (माघ २८ गते), राजेश सिंहद्वारा निर्देशित ‘बाबूजी’ (माघ २८ गते) र चितरंजन त्रिपाठीद्वारा निर्देशित ‘ताजमहलका टेंडर’ (माघ ३० गते) रहेका छन्।
यी नाटकहरू हरेक दिन साँझ ५ बजेबाट मञ्चन हुने जनाइएको छ।






‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया