बिएल संवाददाता
रौतहट प्रहरीले ७ वटा गाईसहित दुई जनालाई पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट बमनहरबाट खटिएको प्रहरी टोलीले राजपुर नगरपालिका-२ फतुवाबाट नियन्त्रणमा लिएको हो।
राजपुर नगरपालिका-२ फतुवाका बर्ष ४३ का ओहिद अन्सारी र यमुनामाई गाउपालिका-३ का बर्ष २८ को शेख सोहेब आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।
नेपालबाट अबैध रूपमा गाई र बाच्छा लैजान लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटका सूचना अधिकारी दिपक कुमार रायले बताए।
उनका अनुसार मानिससहित पक्राउ परेका गाईलाइ गौर भन्सार कार्यलयमा बुझाइएको छ। यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया