बिएल संवाददाता
चीनको परम्परागत नयाँ वर्ष तथा वसन्त चाडको अवसर पारेर काठमाडौंमा दुई मुलुकबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ।
काठमाडौंको दशरथ रंगशालामा भोलि दिउँसो हुने उक्त मैत्रीपूर्ण खेलका लागि आवश्यक तयारी पूरा भएको जनाइएको छ।
ङफङ नामी चिनियाँ नयाँ वर्ष कप प्रतियोगिता भोलि दिउँसो साढे २ बजे शुरु हुने छ। त्यसअघि आधा घण्टा सांस्कृतिक कार्यक्रम देखाइने कार्यक्रम छ।
काठमाडौंस्थित चिनियाँ दूतावास,नेपाल टुरिज्म बोर्ड,राष्ट्रिय खेलकुद परिषद, एन्फालगायत विभिन्न संघ संस्थाको आयोजना र सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिताले दुई मुलुकबीच जनस्तरको सम्बन्धलाई थप कसिलो बनाउने विश्वास लिइएको छ।
गत वर्ष पनि काठमाडौंमा यस्तै प्रतियोगिता आयोजना गरिएको र नेपालले छिङ्गहाइको युवा टोलीलाई ५ गोल हानेको थियो। यसपालि युन्नान प्रान्तको खुन्मिङ्गबाट फुटबल टोली आएको छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया