बिएल संवाददाता
अभिनेत्री शिल्पा पोखरेल ओशो सन्न्यासी बनेकी छन्।
उनले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणबाट ओशोको सन्न्यास दीक्षा ग्रहण गरेकी ओशो सन्न्यासी शोभिता सिम्खडाले बताइन्।
सिम्खडाले सामाजिक सञ्जालमा शिल्पाको तस्बिर र भिडियो सेयर गर्दै उनी ओशो सन्यासी बनेको बताएकी हुन्।
उनले ओशो परिवारमा शिल्पालाई स्वागत गर्दै लेखेकी छन्, ‘ओशो परिवारमा हार्दिक स्वागत छ, शिल्पा! नायिका शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणज्यूको हातबाट ओशोको नवसंन्यास/दिक्षा ग्रहण गरी ‘माँ प्रेम हाँस्या’ बनेकोमा अत्यन्त हर्षित छु। अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोहोर्याओस् र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस। धेरै धेरै शुभकामना।’
पति छविराज ओझासँग सम्बन्ध विच्छेदपछि आलोचनाको शिकार भएकी उनी मानसिक रुपमा विक्षिप्त थिइन्। सोही कारण उनले सन्यास दीक्षा धारण गरेको पारिवारीक स्रोतले बतायो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया