बिएल संवाददाता
अभिनेत्री शिल्पा पोखरेल ओशो सन्न्यासी बनेकी छन्।
उनले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणबाट ओशोको सन्न्यास दीक्षा ग्रहण गरेकी ओशो सन्न्यासी शोभिता सिम्खडाले बताइन्।
सिम्खडाले सामाजिक सञ्जालमा शिल्पाको तस्बिर र भिडियो सेयर गर्दै उनी ओशो सन्यासी बनेको बताएकी हुन्।
उनले ओशो परिवारमा शिल्पालाई स्वागत गर्दै लेखेकी छन्, ‘ओशो परिवारमा हार्दिक स्वागत छ, शिल्पा! नायिका शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणज्यूको हातबाट ओशोको नवसंन्यास/दिक्षा ग्रहण गरी ‘माँ प्रेम हाँस्या’ बनेकोमा अत्यन्त हर्षित छु। अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोहोर्याओस् र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस। धेरै धेरै शुभकामना।’
पति छविराज ओझासँग सम्बन्ध विच्छेदपछि आलोचनाको शिकार भएकी उनी मानसिक रुपमा विक्षिप्त थिइन्। सोही कारण उनले सन्यास दीक्षा धारण गरेको पारिवारीक स्रोतले बतायो।
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया