 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                पाटन उच्च अदालतले शिवरात्रीदेखि प्रदर्शन आउन लागेको चलचित्र ‘लाज शरणम’को प्रचारप्रसारमा रोक लगाउने आदेश गरेको छ।
मंगलबार न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले सामाजिक संजाल र संचारमाध्यम लगायत कुनै पनि माध्यमबाट प्रचारप्रसार नगर्न र नगराउन अन्तरिम आदेश दिएको छ।
जेलमा रहेका पूर्वमन्त्री मोहम्मद अफताव आलमले फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज अनुमतिबिना प्रयोग गरिएको भन्दै त्यसलाई रोक्न माग गर्दै लचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै उच्च अदालतमा रिट दायर गरेका थिए।
अदालतको आदेशमा भनिएको छ, ‘निवेदकको संविधान कानून प्रदत्त हक अधिकारमा आघात परेको अवस्था भए अनुमति दिने क्रममा सपठीत ऐनको दफा ८ (३) बमोजिम केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्न सक्ने नै देखिँदा सो अगावै निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरि पात्रले अभिनय गरेको प्रस्तावित लाज शरणम नामक चलचित्रको विज्ञापन सामाजिक संजाल तथा अन्य सार्वजनिक संचारमाध्यममा प्रचारप्रसार र सो सम्बन्धी पोस्टहरू प्रकाशन, प्रसारण नगर्नु/नगराउनु भनी विपक्षीहरूको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (३) बमोजिम अन्तरिम आदेश जारी गरि दिएको छ। प्रस्तुत आदेशको जानकारी विपक्षीहरुलाई दिनू।’
सक्किगोनी टिमले निर्माण गरेको ‘लाज शरणम’ फागुन १४ गते शिवरात्रीमा प्रदर्शन तयारीमा छ। बुधबार मात्रै चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी थियो।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया