बिएल संवाददाता
‘राजा ल्याउने’ आन्दोलनको नेतृत्व गर्न पुराना पञ्चहरूले छानेका नवराज सुवेदीले राप्रपा त्यागेको घोषणा गरेका छन्। त्यो घोषणासँगै उनले देशव्यापी आन्दोलनका लागि एउटा समिति बनाएका छन्।
त्यो समितिमा राप्रपाकै बरिष्ठ नेताहरू पनि छन्। तर पार्टीकै अध्यक्ष राजेन्द्र लिङ्देनलाई भने समितिको दशौं नम्बरमा सदस्य बनाइएको छ। सुवेदीपछि पहिलो नम्बरमा हिन्दुवादी अभियान्ता अस्मिता भण्डारीलाई राखिएको छ।
त्यस्तै कमल थापा, केशरबहादुर बिष्ट, दुर्गा प्रसाईं, पशुपति समशेर राणा, प्रकाशचन्द्र लोहनी, रमा सिंह, रविन्द्र मिश्र र लिङ्देन पछि अन्तिममा हरिबहादुर बस्नेतलाई राखिएको छ। यद्यपि उनीहरूले यसलाई ‘वर्णानुक्रम’अनुसार राखिएको बताएका छन्।
तर राप्रपाकै नेताहरूले भने त्यसलाई निर्वाचित अध्यक्षको ‘अपमान’ भएको बताएका छन्। यता राप्रपाले नै आन्दोलन परिचालनको जिम्मेवारी दिएका महामन्त्री धवल समशेर राणालाई सुवेदीको नेतृत्वमा पनि त्यही समितिको संयोजक बनाइएको छ।
पशुपति समशेर राणा तथा डा. लोहनीहरूले सुवेदीलाई अघि सारेपछि राप्रपाभित्र विभाजन सुरु भएको छ। तर अहिले नै पार्टीले आधिकारिक धारणा भने सार्वजनिक गरिसकेको छैन।
‘अहिले नै हामी केही दिन पर्ख र हेरको स्थितिमा छौं’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ भन्छन् ‘केही दिन हेरौं न!’
सुवेदीको घोषणासभामा लिङ्देन र कमल थापा भने थिएनन्। राप्रपाका केही पुरान नेताहरू त्यहाँ पुगेका थिए। धवल समशेर पनि सुवेदीको घोषणासभामा पुगेका थिए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया