बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वशंतन्त्रलाई बोक्न यो राष्ट्र तयार नभएको बताएका छन्।
सोमबार ‘मैले बुनेका रहर’ बोलको गीत बिमोचन कार्यक्रममा बोल्दै उनले हामीले नयाँ रहरहरु सिर्जना गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘हामीले वशंतन्त्रको युग पार गरेर लोकतन्त्रको युगमा आएका हौं। यो देशमा जतिसुकै पदहरु बढुन्। हर पदमा जनताले निर्वाचन गरेको व्यक्ति मात्र रहन पाउँछ। ०६२/०६३ को परिर्वतनको सन्देश यो पनि हो। अब फेरी वशंतन्त्रलाई बोक्न यो राष्ट्र तयार छैन।’
उनले नयाँ रहरहरू सिर्जना गरी समाजमा भएका अन्याय, दमन, शोषणको अन्त्य गर्ने रहरको सिर्जना गर्नतिर लाग्नुपर्ने पनि बताए।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया