बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वशंतन्त्रलाई बोक्न यो राष्ट्र तयार नभएको बताएका छन्।
सोमबार ‘मैले बुनेका रहर’ बोलको गीत बिमोचन कार्यक्रममा बोल्दै उनले हामीले नयाँ रहरहरु सिर्जना गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘हामीले वशंतन्त्रको युग पार गरेर लोकतन्त्रको युगमा आएका हौं। यो देशमा जतिसुकै पदहरु बढुन्। हर पदमा जनताले निर्वाचन गरेको व्यक्ति मात्र रहन पाउँछ। ०६२/०६३ को परिर्वतनको सन्देश यो पनि हो। अब फेरी वशंतन्त्रलाई बोक्न यो राष्ट्र तयार छैन।’
उनले नयाँ रहरहरू सिर्जना गरी समाजमा भएका अन्याय, दमन, शोषणको अन्त्य गर्ने रहरको सिर्जना गर्नतिर लाग्नुपर्ने पनि बताए।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया