बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीभित्र कुनै विवाद नभएको बताएका छन्।
शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले जति वर्ष पछाडि केन्द्रिय समितिको बैठक बसेपनि पार्टीका कोही विवाद गर्ने मुडमा नरहेको बताएका हुन्।
उनले भने, ‘डेढ वर्षपछि केन्द्रिय समितिको बैठक बसेको छ। जति वर्ष पछाडि बसे पनि आज केन्द्रिय समितिको बैठक बसेको छ। सबैको अनुहार आज स्पष्ट देखिएको छ। कसैले विवाद गरेका छैनन् र विवाद गर्नेवाला पनि छैनन्। कोही विवाद गर्ने मुडमा पनि छैनन्। नागरिक उन्मुक्ति पार्टीको विशेषता भनेको यही नै हो। जति च्याँठिएर, चिच्याएर, कस्सिएर आएपनि यो यस्तो प्रतिक हो जो सँधै साथमा भइरहन्छ। दुई चारजनाले फेसबुकमा लेखे होलान, को कहाँबाट परिचालित भए होलान, कुनै मत्तलब छैन। तर पहिचानको श्रीपेच नागरिक उन्मुक्तिसँग मात्रै छ।’
साथै उनले प्रजातन्त्रवादी देशले सबैभन्दा पहिले थारु भाषामा प्रकाशित पत्रिकालाई प्रतिबन्ध गरेको भन्दै दुःख व्यक्त गरे। उनले देशका विरुद्धमा संघर्षको सुरुवात गर्दा धेरैले सहज रुपमा लिनु भएको छ भने त्यो सरासर गलत भएको बताए।
उनले भने, ‘देशमा प्रजातन्त्र थियो, हाम्रा आवाजहरु प्रतिबन्धित थिए। देशको साहित्य र देवताहरुका निम्ति आफ्नो मनका कुरा राखिन्थ्यो। प्रजातन्त्रको वकालत गरिन्थ्यो तर हाम्रो प्रजातन्त्रवादी देशले सबैभन्दा पहिले थारु भाषामा प्रकाशित पत्रिकालाई प्रतिबन्ध लगायो। तर देशका विरुद्धमा संघर्षको सुरुवात गरे पनि धेरैले सहज रुपमा लिनु भएको छ भने त्यो सरासर गलत हो।’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया