बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीभित्र कुनै विवाद नभएको बताएका छन्।
शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले जति वर्ष पछाडि केन्द्रिय समितिको बैठक बसेपनि पार्टीका कोही विवाद गर्ने मुडमा नरहेको बताएका हुन्।
उनले भने, ‘डेढ वर्षपछि केन्द्रिय समितिको बैठक बसेको छ। जति वर्ष पछाडि बसे पनि आज केन्द्रिय समितिको बैठक बसेको छ। सबैको अनुहार आज स्पष्ट देखिएको छ। कसैले विवाद गरेका छैनन् र विवाद गर्नेवाला पनि छैनन्। कोही विवाद गर्ने मुडमा पनि छैनन्। नागरिक उन्मुक्ति पार्टीको विशेषता भनेको यही नै हो। जति च्याँठिएर, चिच्याएर, कस्सिएर आएपनि यो यस्तो प्रतिक हो जो सँधै साथमा भइरहन्छ। दुई चारजनाले फेसबुकमा लेखे होलान, को कहाँबाट परिचालित भए होलान, कुनै मत्तलब छैन। तर पहिचानको श्रीपेच नागरिक उन्मुक्तिसँग मात्रै छ।’
साथै उनले प्रजातन्त्रवादी देशले सबैभन्दा पहिले थारु भाषामा प्रकाशित पत्रिकालाई प्रतिबन्ध गरेको भन्दै दुःख व्यक्त गरे। उनले देशका विरुद्धमा संघर्षको सुरुवात गर्दा धेरैले सहज रुपमा लिनु भएको छ भने त्यो सरासर गलत भएको बताए।
उनले भने, ‘देशमा प्रजातन्त्र थियो, हाम्रा आवाजहरु प्रतिबन्धित थिए। देशको साहित्य र देवताहरुका निम्ति आफ्नो मनका कुरा राखिन्थ्यो। प्रजातन्त्रको वकालत गरिन्थ्यो तर हाम्रो प्रजातन्त्रवादी देशले सबैभन्दा पहिले थारु भाषामा प्रकाशित पत्रिकालाई प्रतिबन्ध लगायो। तर देशका विरुद्धमा संघर्षको सुरुवात गरे पनि धेरैले सहज रुपमा लिनु भएको छ भने त्यो सरासर गलत हो।’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया