
बिएल संवाददाता
रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सामेल परीक्षार्थीले बोकेका तीन सय ४० थान मोवाइल सेट बरामद गरिएको छ।
विभिन्न परीक्षा केन्द्रमा चिट चोर्ने प्रयोजनका लागि परीक्षार्थीहरुले आफ्नो शरीरमा मोवाइल लुकाइ छिपाई परीक्षा हलभित्र प्रवेश गराएकोमा चेकजाँचका क्रममा फेला परेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रवार एक प्रेस नोट जारी गर्दै दुई थान स्मार्ट वाच समेत बरामद गरेको जनाएको छ।
परीक्षा हलभित्र गार्डको रूपमा खटी आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको र अमर्यादित क्रियाकलाप गरेका दुई जनालाई परीक्षा अवधि भरका लागि निष्काशित गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार राय बताए।
उनका अनुसार बरामद गरि नियन्त्रणमा लिइएका मोवाइल सेट र स्मार्ट वाचका बारेमा आवश्यक अनुसन्धान कार्य भइरहेको छ।
प्रहरीले कुन–कुन परीक्षा केन्द्रबाट मोबाइल, स्मार्ट वाच र गार्डलाई निष्काशान गरेको खुलाएको छैन।
पहिलो र दोस्रो दिनगरि ७ सय ६४ थान मोवाइल बरामद भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा अन्तर्गत शुक्रवार अनिवार्य नेपाली विषयको परीक्षा भएको हो।
यस वर्षको एसईई परीक्षामा यहाँ ४० वटा परीक्षा केन्द्रमा १० हजार ४ सय ८४ जना परीक्षार्थीहरु परीक्षामा सामेल भएको शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले जनाएको छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया