बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा पनि हुन लायकको मान्छे नभएको टिप्पणी गरेका छन्।
आइतबार पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्र संवैधानिक राजा पनि बन्न नसक्ने दाबी गरेका हुन्।
उनले राजा बोकेर हिँडेको राप्रपाले पूर्वराजालाई बरू पार्टी अध्यक्ष बनाइदिए हुने सुझाव दिए। उनले राजा बोकेर हिँडे राप्रपाले पनि दुःख पाउने दाबी गरे।
उनले भने, ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्। बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि। तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्। राप्रपाले पनि दुख पाउँछन्।’
उनले थपे, ‘यिन (ज्ञानेन्द्र)को बानी के छ भने टेम्पारामेन्टले पनि यिनी कुनैपनि हालतमा संवैधानिक राजा बन्नेवाला छैनन्।’
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया