बिएल संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपा नेताहरूसँग लन्च मिटिङ गरेका छन्।
वैशाख ७ गते हुन लागेको राजावादी आन्दोलनको तयारीबारे छलफलका लागि पूर्वराजाले शुक्रबार लन्च मिटिङ आयोजना गरेको स्रोतले बतायो।
पूर्वराजाको लन्च मिटिङमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङलगायत नेताहरू सहभागी थिए। करिब डेढ घण्टासम्म सघन छलफल भएको मिटिङमा संलग्न राप्रपाका एक नेताले बताउँछन्।
आइतबार हुन लागेको आन्दोलन सँगसँगै नयाँवर्षको सन्दर्भमा पूर्वराजाले दिएको शुभकामना वक्तव्यपछि देशको राजनीतिक माहोल बुझ्न राप्रपा नेताहरूलाई बोलाएका बुझिएको छ।
राप्रपा नेताहरूले शुभकामना सन्देशमा अर्थतन्त्रको विषयलाई पनि जोडतोडले उठाउँदा सकारात्मक सन्देश प्रवाह भएको बताएका थिए। त्यस्तै पूर्वराजाले तीनकुने घटनाको बारेमा पनि जानकारी लिएका छन्।
तीनकुने घटनामा दुर्गा प्रसाईंको कारण राजसंस्थाप्रति गलत सन्देश गएकोमा पूर्वराजादेखि राप्रपा नेताहरूले स्वीकार गरेका बैठकमा सहभागी राप्रपा नेताले बताए।
भेटमा सहभागी ती नेता भन्छन्, ‘सरकार (पूर्वराजा)ले दुर्गा प्रसाईंलाई कमाण्डर बनाएर गल्ती भएको भन्दै आत्मआलोचना गर्नुभएको छ। पछिल्लो समय रातन्त्रको पक्षमा माहोल बन्दै गएपनि राजावादी नेताहरूबीच नै एकता नभएकोमा पनि गुनासो गर्नुभएको छ।’
राप्रपाले भोलि वैशाख ७ गते राप्रपा नेताहरूले निषेधित क्षेत्रमा प्रदर्शन गर्दै सामूहिक गिरफ्तारी दिने तयारी गरेका छन्। पूर्वराजा शाहले भने तीनकुने घटनाबाट पाठ सिकेर संयमित भएर अघि बढ्नुपर्ने बताएका लन्च मिटिङमा सहभागी ती नेताले बताए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया