शुक्रबार, १२ डिसेम्बर २०२५

शिवपुरीमा हराएका तीनजनाको सेनाले गर्‍यो उद्धार

News Image
• • •

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हाइकिङ जाँदा हराएका तीनजनाको नेपाली सेनाले उद्धार गरेको छ।

निकुञ्जको पानीमुहान क्षेत्रमा हाइकिङ जाँदा हराएका २ महिला र १ पुरुष गरी तीन जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। उनीहरू शिवपुरी हाइटतर्फ जाने क्रममा बाटो बिराएर हराएका थिए।

हाइकिङ गएका उनीहरू नफर्केपछि नेपाली सेनाको चन्दननाथ गणसहित निकुञ्ज प्रशासन र नेपाल प्रहरीसहितको टोलीले उद्धारमा खटिएको थियो।

उनीहरूलाई मध्यरातमा शिवपुरी पिक इलाकामा फेला पारेको सेनाले जनाएको छ। सेनाले उनीहरूको उद्धार गरी प्रहरीको जिम्मा लगाएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!