बिएल संवाददाता
आउँदो जनवरी २१ देखि नेपाल पनि अमेरिकाको पर्यटन तथा व्यापारिक भिसा लिन पाँचहजारदेखि १५ हजार अमेरिकी डलरसम्म तिर्नुपर्ने देशको सूचीमा सूचीकृत भएको छ ।अमेरिकी विदेश मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै भिसा लिन धरौटी तिनुपर्ने नयाँ सूचीमा नेपाललाई समावेश गरेको हो ।
सूचनामा यस्तो रकम ५ हजार, १० हजार वा १५ हजारमध्ये एक हुने बताइएको छ । हालको विनिमय दरअनुसार यो रकम ७ लाख २० हजार रुपैयाँदेखि २१ लाख ६० हजार रुपैयाँसम्म हुन्छ । यी तीन रकममध्ये कुन रकम धरौटी राख्ने भन्ने निर्णय कन्सुलर अधिकारीले अन्तर्वार्ताको समयमा तय गर्ने पनि सूचनामा जनाइएको छ । अमेरिकाले पर्यटकका लागि बी वान र व्यापारिक प्रयोजनका लागि बी टु भिसा जारी गर्छ ।
अमेरिकाले २०२५ को अगस्टमा दुई देश मालावी र जाम्बियाबाट पाइलट प्रोजेक्टको रूपमा सुरू गरेको यो प्रावधान यसअघि तीन चरणमा बढाएर १३ देश पुर्याइएको थियो । यो सूचीमा जनवरी २१पछि अरू २५ देश थपेर ३८ देश पुर्याइएको छ । यही चौथो चरणका २५ देशमा नेपाल पनि समावेश भएको हो । सूचीमा दक्षिण एसियाबाट नेपालसहित बंगलादेश र भुटान समावेश छन् ।
अनिवार्य रूपमा बन्डका सर्त मान्नुपर्ने यो प्रावधान संसारको जुनसुकै स्थानबाट आवेदन दिए पनि लागू हुनेछ । भिसा अन्तर्वार्ताका क्रममा कन्सुरल अधिकृतले निर्देशन दिएपछि आवेदकले ‘फर्म आई-३५२’ भरी अमेरिकी ट्रेजरीको अनलाइन प्लेटफर्म ‘पे डट जीओभी’ मार्फत धरौटी रकम दाखिल गर्नुपर्ने छ । भिसा अस्वीकृत भएमा वा भिसा धारकले समयमै अमेरिका छोडेर भिसाका सर्तहरू पालना गरेको प्रमाणित गरेपछि उक्त धरौटी रकम फिर्ता हुने छ ।
पर्यटक वा व्यापारिक प्रयोजनका लागि आएका आगन्तुकहरूलाई भिसा अवधिभन्दा बढी समय बस्न निरुत्साहित गर्ने उदेश्यले यो बन्डको व्यवस्था गरिएको हो । आप्रवासनसम्बन्धी कडा नीति लागू गर्ने चुनावी एजेण्डासहित दोस्रो कार्यकालका लागि निर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सुरूदेखि नै अमेरिका प्रवेशलाई असहज बनाउँदै आएका छन् । बी १/ बी २ भिसाका लागि गरिएको धरौटीको यो पछिल्लो व्यवस्था पनि त्यसैको एक हिस्सा हो ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया