ईश्वरी राई (इशु)
अक्सर परिवार, समाज अनि परिस्थितिहरूले गिजोलिरहेका हुन्छन् जिन्दगीलाई। जीवनका आफ्ना बाटाहरू नखुल्दै जब समयले अर्कैतिर डोर्याउन थाल्छ अनि जीवन पनि त्यसैमा रुमलिदैं जान्छ।
तर जब मनमा आफूले आफूलाई बदल्ने बलियो संकल्प जाग्छ अनि बाटाहरू परिवर्तन गर्न सकिन्छ।
यो श्यामूलको कथा हो, जसले हिमाचलका भन्दा अग्ला ‘नशा’का पहाडहरू छिचोल्दै आफूलाई जीवनको समथर बाटोमा उभ्याउन सके।
000
बुबासँग छुटेपछि आमाले भारतीय नागरिकसँग विवाह गरिन्। कान्छा छोरालाई च्यापेरै आमा दिल्ली पुगिन्।
आमासँगै २ वर्षको उमेरमा नेपाल छोडेका श्यामूलले उत्तै पढे, उतै हुर्किए।
पढाइमा अब्बल थिए श्यामूल। तर, उनले पढाइलाई निरन्तरता दिन पाएनन्, कारण उनका बा सैतेलो थिए।
कान्छो बाबाट उनले कहिल्यै माया पाएनन्। पाए त सधैं गाली र घृणा। त्यही घृणाको कारण उनले बीचैमा पढाइ छाडे। अनि, ‘बक्सर’ बन्ने सपना पनि।
सानैदेखि खेलाडी बन्ने सपना थियो उनको। तर परिवारको अपहेलनासँगै त्यो सपना पनि चुँडियो।
१३ वषको उमेरमा पढाइ घर छोडेपछि उनी हिमाचल प्रदेश पुगे। त्यहाँ उनले होटलमा भाँडा माझ्नेदेखि स्याउ टिप्ने काम गरे।
दुई चार पैसा कमाए। आफैंलाई पाले। त्यहाँ उनले पैसा मात्र कमाएनन् नयाँ साथी पनि बनाए। जो, नशाको सेवन गर्थे।
आफ्नै उमेरमा साथीहरूले चुरोटको धुँवा उडाएको देख्दा उनलाई रमाइलो लाग्थ्यो,उनीहरूजस्तै रामाइलो गर्ने रहर भइदियो श्यामूललाई पनि।
उनले साथीकै संगतमा चुरोट ताने। तर, त्यो चुरोट कसरी ड्रग्ससम्म पुग्यो उसैले पत्तो पाएनन्।
नशाकाे सेवनले कहिल्यै सुख दिएन। बरू, समाजको तिरस्कार र जेलको चक्कर काटिरहनुपर्यो।
सात वर्ष नशाको जीवन बाँचिरहेका श्यामूलले जीन्दगीमा धेरै दुख पाए, परिवारलाई सताए। त्यसको कुनै लेखाजोखा छैन।
तर, धन्न आमाको प्रेमले नै उनलाई सुधारको बाटोमा पुर्याइदियो।
इण्डियामै हुर्किएर नशामा रूमलिएका श्यामूललाई आमाले सुध्रिन नेपाल पठाइन्।
धेरै जोडबल र संघर्षबीच अहिले गोदावरीको जीवन परिवर्तन सुधार केन्द्रमा उनी नयाँ जीवनको बाटो पछ्याइरहेका छन्।
भविष्यमा परिवारलाई सुख नदिएपनि पनि दुख नदिने संकल्पका साथ सुध्रिदैछन् श्यामूल।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया