बिएल संवाददाता
आगामी जनवरी २१ देखि बी-वान/बी-टु भिसामा अमेरिका जाने र फर्कने आगन्तुकहरूले तीनवटा विमानस्थल मात्र प्रयोग गर्नुपर्ने भएको छ । ती विमानस्थलहरूमा बस्टनको लोगन अन्तर्राष्ट्रिय विमानस्थल (बिओएस), न्यूयोर्कको जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल (जेएफके) र वाशिङ्टनको डलस अन्तर्राष्ट्रिय विमानस्थल (आइएडी ) रहेका छन् ।
मंगलबार अमेरिकी विदेश मन्त्रालयले बी-वान/बी-टु भिसाका लागि अनिवार्य धरौटी राख्नुपर्ने ३८ देशको सूची सार्वजनिक गर्दै यो जानकारी दिएको हो । यो नयाँ नियमसँगै अब अमेरिकाको जनुसकै ठाउँमा जान पनि अनिवार्यरूपमा वस्टन, न्युयोर्क वा वासिङ्टन डी सी पुग्नैपर्ने हुन्छ । यसैगरी अमेरिका छोड्न पनि यी तीन विमानस्थलमध्ये एक प्रयोग गर्नैपर्ने हुन्छ ।
यो नयाँ नियम नेपालसहित ३८ देशहरूका लागि लागू हुन्छ । यो नियमले अमेरिकाको पश्चिम तटीय राज्यमा जानुपर्ने पर्यटकहरूको यात्रा थप महंगो हुनेछ। वस्टन, न्युयोर्क र वासिङ्टन डी सीस्थित तीनवटै विमानस्थलहरू अमेरिकाको पूर्वीय तटीय राज्यमा पर्छन् ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया