बिएल संवाददाता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी (निर्वाचन प्रहरी) भर्ना प्रक्रिया सुरु भएसँगै बारामा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ।
भर्नाको पहिलो दिन नै जिल्ला प्रहरी कार्यालय बारामा आवेदन दिनेहरूको ठूलो भीड लागेको छ।
पहिलो दिन नै देखिएको युवाहरूको उपस्थितिले स्थानीय स्तरमा निर्वाचन प्रतिको चासो र रोजगारीको अवसर दुवैलाई प्रतिबिम्बित गरेको छ।
भर्ना हुन चाहने उम्मेदवारहरूका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको छ। भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ।
बारा प्रशासनले जिल्लाका विभिन्न मतदान केन्द्रको सुरक्षा र निर्वाचन व्यवस्थापनका लागि कुल ४ हजार ३४ जना म्यादी प्रहरीको माग गरेको छ। आवेदन दिने म्याद आगामी माघ १ गतेसम्म तोकिएको छ।
सरकारले यसपटकको निर्वाचनका लागि देशभर कुल १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने लक्ष्य राखेको छ।
निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अन्तर्गत करिब डेढ लाख सुरक्षाकर्मी परिचालन गरिँदैछ।
जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका जनशक्तिहरूबीच समन्वय रहने जनाइएको छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया