शुक्रबार, ०३ अप्रिल २०२६

कालिकोट जीप दुर्घटना : तीनजनाको शव निकालियो

News Image
• • •

कालिकोटका यात्रु बोकेको एउटा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। कालिकोटको  सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप तीला नदीमा खसेको थियो। चालकका अनुसार उकालोमा ब्याक भएर जीप खसेको हो।

मृत्यु हुनेमा दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेको कालिकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबीस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका-२ का नवराज शाही रहेका छन्। मृतक तीनै जना सेरी पान्तडी सडक खन्ने काममा थिए।

भीरबाट तीन वटै शव निकालेर सडकका ल्याएको र परीक्षणका लागि आफन्त बोलाएर सदरमुकाम लैजाने तयारी भएको प्रहरी प्रमुख खत्रीले बताए। उनका अनुसार गाडी सडकबाट ५०० मिटर तल तिला नदीको किनारामा टुक्राटुक्रा भएको अवस्थामा छ। जीप चालक प्रहरीको सम्पर्कमा आएको तर सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर आएपछि सदरमुकाम मान्मबाट प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख खत्रीसहित जनपद प्रहरी, सशस्त्र प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!