बिएल संवाददाता
अमेरिकामा अध्ययनरत् नेपाली विद्यार्थीको संख्या ओरालो लाग्ने क्रम सुरू भएको छ । अमेरिकी सरकारले जारी गरेको जनवरी महिनाको सेभिस तथ्यांकअनुसार पछिल्लो एक महिनाममै सात सय १७ नेपाली विद्यार्थीको संख्या घटेर यतिबेला यो संख्या ३३ हजार सात सय ३५ मा सिमीत भएको छ । यो संख्यामा छात्र १८ हजार नौसय दुई र छात्रा १४ हजार आठसय ३३ रहेका छन् ।
नेपाली विद्यार्थीहरूको संख्या ब्याचलर र एशोसियट तहमा घटेको हो । तथ्यांकअनुसार व्याचलर तहमा ६११ र एशोसियट तहमा २३३ नेपाली विद्यार्थी घटेका छन् । तर, यही अवधिमा माथिल्लो तहमा अध्ययनरत नेपाली विद्यार्थीको संख्या भने बढेको छ । डक्टरेट तहमा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ७४ ले बढेर ९,९१९ पुगेको छ भने डक्टरेट तहमा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ९५ ले बढेर ४,३३५ पुगेको छ। यसैगरी भाषा तालिममा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ३७ ले बढेर २७६ पुगेको छ भने फ्लाइट स्कूलमा अध्ययनरत नेपाली विद्यार्थीको संख्या २ ले बढेर ५३ पुगेको छ।
नेपाली विद्यार्थीको ठूलो संख्या रहेको अमेरिकाका पाँच राज्यमा टेक्सास, ओहायो, न्युयोर्क, मिजौरी र केन्टकी हुन् । २०२६ जनवरीको सेभिस तथ्यांकअनुसार टेक्सासमा सातहजार सातसय ५८, ओहायोमा दुईहजार चारसय २२, न्युयोर्कमा दुईहजार दुईसय, मिजौरीमा एकहजार चारसय ६७ र केन्टकीमा एकहजार छसय ४७ जना नेपाली विद्यार्थी रहेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पको विदेशी विद्यार्थीहरूप्रतिको नकरात्मक सोचका कारण अमेरिकामा अध्ययनरत् विदेशी विद्यार्थीहरूको संख्यामा उल्लेखनीय मात्रामा कमी आएको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपाली विद्यार्थीहरूको संख्यामा पनि परेको छ । ट्रम्प प्रशासनको कठोर अध्यागमन नीतिको शिकार भएर ठूलो संख्यामा विदेशी विद्यार्थीहरू पनि डिपोर्ट गरिएका छन् । त्यो संख्यामा नेपाली विद्यार्थीको संख्या पनि उल्लेख्य रहेको छ ।
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया