शुक्रबार, ०३ अप्रिल २०२६

बालेन साहको घरको गेट तोडफोड, प्रहरीले भन्योः चोरी भएको देखिएन

News Image
• • •

पश्चिम नेपालको भ्रमण सकेर कर्णाली घुमिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहको काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ ।

शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए। बालेनको घर सिनामंगलको पन्चकुमारी मन्दिर नजिकै छ।

गौशाला प्रहरी वृत्तका अनुसार चोरी गर्ने उद्धेश्यले तोडफोड गरिएको हुनसक्ने आशंका गरिए पनि प्रहरी अनुसन्धान र घरको अवलोकनपछि चोरी भएको देखिएन।

बालेन साह यतिबेला चुनावी प्रचारप्रसारमा कर्णालीको राजधानी सुर्खेतमा छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!