बिएल संवाददाता
चुनावी अभियानका क्रममा अछाममा पुगेका बेला ढलेका सञ्चारकर्मी दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर भएपछि रास्वपाका वरिष्ठ नेता बालेन साह सुर्खेतबाट कर्णाली भ्रमण छोट्याएर शनिबार काठमाडौं आइपुगेका छन्।
सिटौलाको टोखास्थित ग्राण्डी अस्पतालमा उपचार जारी छ। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था जटिल अवस्थामा छ। सिटौलाको अवस्था गम्भीर रहेकोले हेर्न नमिल्ने अस्पतालको जानकारीपछि बालेनले उनका भाइ उमेश सिटौलालाई भेटेका छन्।
अस्पतालले शनिबार दिनभरीमा स्वास्थ्य अवस्थाबारे जानकारी दिने तयारी गरेको छ। सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्षसमेत हुन्।
परिवारसँग भेट गरेपछि बालेन साह नस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन्।
उनीनिकट स्रोतका अनुसार उनी केही दिन काठमाडौंमै रहनेछन्। सभापति रवि लामिछानेसँग छलफलपछि उनको उपत्यका बाहिरका आगामी कार्यक्रम तय हुने बताइएको छ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया