बिएल संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगमा क्लिङ्कर घोटाला प्रकरणमा तत्कालीन दुई महाप्रबन्धकसहित ८ जना कर्मचारीविरुद्ध मुद्धा दायर गरेको छ।
आर्थिक वर्ष ०७४/७५ देखि ०७७ पुस मसान्तसम्ममा कुल ३८,७६९ मेट्रिक टन क्लिङ्कर करिब साढे ४६ करोड रुपैयाँ बराबर हिनामिना भएको पुष्टि भएको अख्तियारको दाबी छ।
आयोगले उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल, नायव महाप्रबन्धक महेशप्रसाद काफ्लेलाई १२ कराेड ४७ लाख २२ हजार २ सय ४२ बिगाे माग दाबी गर्दै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेकाे छ।
पौडेल हाल पुनर्बिमा कम्पनीको अध्यक्ष छन्। गत २० भदौ ०८२ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले उनलाई नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा नियुक्त गरेका थिए।
यस्तै तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह,उत्पादन महाशाखा प्रमुख संजयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरिप्रसाद अधिकारी, बिक्री विभाग प्रमुख रामबहादुर जीसीलाई जनही ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ बिगो दाबी गरेको छ।
यस्तो छ अख्तियारले दायर गरेको आरोपपत्र–





श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया