बिएल संवाददाता
सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको घरमा अख्तियारले छापा मारेको छ।
सिन्धुलीमाढीस्थित पुरानो सभाहल भत्काउँदा त्यहाँबाट निकालिएको सयौँ क्युफिट काठ हिनामिना गरेको उजुरी परेपछि सोमबार अख्तियारको बर्दिबास शाखा कार्यालयबाट खटिएको टोलीले सिन्धुलीमाढीस्थित पोखरेलको घरमा गएर छापा मारेको हो।
सभाहल भत्काउँदा नगर प्रहरी ब्यारेक पछाडि राखिएको काठ हिनामिना भएको बारेमा उजुरी परेपछि मेयरको घरमै छापा हानेर अख्तियारको टोलीले उनीसँग सोधपुछ पनि गरेको छ।
घरमा काठ नभेटिए पनि थप अनुसन्धान भइरहेको अख्तियार स्रोतले बतायो।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया