बिएल संवाददाता
वर्षाका कारण ठाउँठाउँमा छेकिएका सडकहरू आंशिकरुपमा खुलेका छन्। शुक्रबारदेखि बन्द भएको कान्ती लोकपथ १२ घण्टापछि सञ्चालनमा आएको छ।
राजमार्ग अन्तर्गत काठमाडौं-हेटौंडा सडकखण्डको भीमफेंदी नजिकैको खोलामा आएको बाढीले उक्त बाटो छेकेको थियो। खोलामा रहेको डाइभर्सन बगेपछि बाटो रोकिएको थियो।
१२ घण्टाको मर्मतपछि उक्त सडकमा अहिले गाडी चल्न मिल्ने भएको छ।
शुक्रबार रातिदेखि नै अवरुद्ध दाउन्ने सडक पनि आंशिकरुपमा सञ्चालनमा आएको छ। अहिले एकतर्फीरुपमा गाडीहरू पास गराउने काम भइरहेको स्थानीय प्रहरीले जनाएको छ।
मर्मत भइरहेको दाउन्नेको सडक शुक्रबार राति भासिएको थियो।
केही दिनदेखि आंशिकरुपमा बन्द गरेरै मर्मत भइरहेको यो सडकखण्डका कारण पूर्वपश्चिम राजमार्गको यात्रा अनिश्चितजस्तै भएको छ।
यो सडकखण्डको करिब २० किलोमिटर सडक चौडा र पिच गर्ने काम भइरहेको छ। त्यसका लागि पहाड भत्काइएको थियो। जसका कारण धुलो र हिलोले समस्या निम्त्याइरहेको छ।
यो राजमार्गको अरु पनि स्थानमा सडक अवरुद्ध छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया