बिएल संवाददाता
बाजुरामा जिप दुर्घटना हुँदा नेपाल टेलिकम बाजुरा कार्यालयका प्रमुखसहित तीन जनाको मृत्यु भएको छ।
जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा मंगलबार नेपाल टेलिकम अत्तरियाको बा५च २२०९ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीले बताए।
दुर्घटनामा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, बाजुराको ढम्कने टावरमा कार्यरत सुरक्षागार्ड रवीन्द्र धामी र जिप चालक कञ्चनपुरका करनसिंह महतराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनायो।
जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ। काँडाकोटमा रहेको टेलिकमको टावरको ब्याट्री फेर्नका लागि मार्तडीबाट काँडाकोट जाँदै गरेको प्रमुख खड्कासहितको टोली टावर नजिकै पुग्दा दुर्घटनामा परेको थियो।
दुर्घटनामा बुढीनन्दा नगरपालिका-२ का नन्दाराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन्। उनीहरू टेलिकमको ब्याट्री फेर्ने कार्यका लागि सहयोगीका रुपमा गएका थिए। उनीहरूलाई उपचारका लागि कोल्टी पठाइएको प्रहरीले जनाएको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया