बिएल संवाददाता
साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दुर्गम जिल्लाहरुमा नेपाल सरकारले ढुवानी अनुदानका कारण नुन नौ रुपैयाँमा नै वितरण गरिरहेको बताएकी छन्।
बिहीबार बसेको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले नेपाल सरकारबाट दुर्गम जिल्लाहरुको लागि मात्र नुनको ढुवानी अनुदान दिएको बताएकी हुन्।
‘हामीले ढिके नुन, सिधे नुन, आयो नुन, जनशक्ति नुन, भानु नुन नेपाल सरकारबाट ढुवानी अनुदान प्राप्त दुर्गम जिल्लाहरुको लागि मात्रै भनेर वितरण गरिरहेका छौं। दुर्गम जिल्लामा नेपाल सरकारले ढुवानी अनुदान दिएको अवस्थामा नुनको भाउ प्रतिकेजी नौ रुपैयाँ कायम गरिएको छ । बाँकी साल्ट ट्रेडिङकै क्षती भईरहेको छ,’ उनले भनिन्।
उनले नुनको गुणस्तर परिक्षणका लागि भारत सरकारबाट तोकिएको मापदण्डमा प्रयोगशालाबाट परिक्षण गरी विक्री वितरण गर्ने गरिएको बताइन्।
आजको बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गरिएको छ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया