बिएल संवाददाता
साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दुर्गम जिल्लाहरुमा नेपाल सरकारले ढुवानी अनुदानका कारण नुन नौ रुपैयाँमा नै वितरण गरिरहेको बताएकी छन्।
बिहीबार बसेको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले नेपाल सरकारबाट दुर्गम जिल्लाहरुको लागि मात्र नुनको ढुवानी अनुदान दिएको बताएकी हुन्।
‘हामीले ढिके नुन, सिधे नुन, आयो नुन, जनशक्ति नुन, भानु नुन नेपाल सरकारबाट ढुवानी अनुदान प्राप्त दुर्गम जिल्लाहरुको लागि मात्रै भनेर वितरण गरिरहेका छौं। दुर्गम जिल्लामा नेपाल सरकारले ढुवानी अनुदान दिएको अवस्थामा नुनको भाउ प्रतिकेजी नौ रुपैयाँ कायम गरिएको छ । बाँकी साल्ट ट्रेडिङकै क्षती भईरहेको छ,’ उनले भनिन्।
उनले नुनको गुणस्तर परिक्षणका लागि भारत सरकारबाट तोकिएको मापदण्डमा प्रयोगशालाबाट परिक्षण गरी विक्री वितरण गर्ने गरिएको बताइन्।
आजको बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गरिएको छ।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया