बिएल संवाददाता
नुवाकोटमा खोलाले बगाएर बेपत्ता महिलाको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालले कुकुर परिचालन गरेको छ।
सशस्त्रको प्रधान कार्यालय पशु स्वास्थ्य तथा डग हेण्डलर उपशाखा बलम्बुबाट २ वटा तालिमप्राप्त कुकुरसहित ७ जनाको टोली खटाइएको छ।
ककनी गाउँपालिका-१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण आएको बाढीले बगाएर ३२ वर्षिया कमला बलामी बेपत्ता भएकी थिइन्।
उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमाण्डमा ७ जना सुरक्षाकर्मी सहित २ वटा सर्च एण्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
बेपत्ता व्यक्तिको खोजीकार्य तथा उद्वारको लागि शुक्रबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल यूएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेडांडा बाट ६५ जना सुरक्षा फौज परिचालन गरिएको थियो।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया