बिएल संवाददाता
हुलाकी सडक नेपालगन्जका प्रमुख लिलाबहादुर भण्डारीले आफूविरुद्ध अख्तियारमा उजुरी हालिएको बारे प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
केही समयअघि प्रकाशित समाचारबाट आफ्नो व्यक्तिग, पारिवारिक र सामाजिक रुपमा मानमर्दन भएको उनले जनाएका छन्। समाचारका बारेमा आफ्नो खण्डन बिएल मिडियामा पठाउँदै उनले ‘सम्मानित निकायहरूमा भएका उजुरीका आधारमा आफू छानबिनका लागि तयार भएको’ भन्दै त्यसमा लगाइएका आरोपहरूको खण्डन पनि गरेका छन्।
‘सम्मानित निकायमा पेश गरिएका कुनै पनि उजुरीको छानविनमा म सदा तत्पर छु साथै प्रमाणित भएमा कारबाहीको भागिदार होउला नै तर कसैको व्यक्तिगत भडकाउ वा भनाईलाई मान्दै, सम्बन्धितसँग कुनै सोधखोज वा छानविन-नगरी व्यक्तिगत, पारिवारिक, सामाजिक ईज्जत र प्रतिष्ठामा आंच आउने गरि संचार माध्यममा प्रकाशित समाचार प्रति मेरो गम्भीर आपति रहेको छ। मैले कुनै कामप्रति लापरबाही वा अन्य त्यस्तै काम गरेको भए एकपटक स्थलगत रुपमा अनुगमन गरिदिनुहुन समेत अनुरोध छ’ उनले भनेका छन्।
यस्ताे छ उनकाे खण्डन:
.jpg)
.jpg)
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया