
बिएल संवाददाता
मधेस प्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य संकट समाधानका लागि कृषिबाली परिवर्तन गर्न विज्ञले सुझाएका छन्।
मधेसलगायत मुलुकका अधिकांश तराई क्षेत्रमा मनसुनको समयमा धान खेती हुँदै आएकाेमा खडेरीले रोपाइँमा समस्या पर्दै आएको छ।
यसकारण खाद्य सुरक्षा जोखिम बढ्ने आँकलनकाबीच सुख्खा स्थान अनुकुल खेती गर्नुपर्ने कृषि विज्ञ डा. कृष्ण पौडेलले बताए।
काठमाडौंमा सञ्चारिका समूह र एक्सनएडले संयुक्त रूपमा आयाेजना गरेकाे जलवायु न्याय सम्बन्धी कार्यक्रममा धारणा राख्दै कृषि विज्ञ पौडेलले मधेस तथा तराई क्षेत्रमा देखिएको खडेरीको समस्या आकस्मिक नभएको बताए।
कृषि क्षेत्रमा प्रयोग गरिएको विषादी र रसायनले माटोको उर्वर शक्ति गुमाएको र त्यसले वातावरण तातो बनाएर हालको खडेरीको समस्या निम्तिएको डा. पौडेलको भनाइ छ।
सोहीकारण आगामी दिनमा कृषि प्रणाली परिवर्तन गरि तराई क्षेत्रको वातारण चिसो बनाउन हरियाली कायम तर्फ अग्रसर हुनुपर्ने उनकाे भनाइ छ।
कृषिबालीमा सिर्जित समस्या समाधानका लागि भन्दै सरकारले घोषणा गरेको डीप बोरिङ बनाउने घोषणाले तराईलाई मरभूमी बनाउन सक्ने भएकाले वैकल्पिक उपायतर्फ लाग्नुपर्ने उनकाे सुझाव थियाे।
यस्तै, कार्यक्रममा वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले जलवायु परिवर्तनबाट मानव मात्र नभई वन्यजन्तु र वनस्पती समेत प्रभावित भएकाले ती क्षेत्रका मुद्दा समेत उजागर हुनुपर्ने बताए।
जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय अदालतले वन्यजन्तु र वनस्पतिको मद्दा उठाउन बाटो देखाएको उनले सुनाए।
यस्तै, अर्का वरिष्ठ अधिवक्ता राजु चापागाईंले जलवायु न्यायका लागि सरकार लगायत सरोकारवालाले भावी पुस्ताको अधिकारको समेत ध्यान दिनुपर्ने बताए।
दुई पुस्ताबीचको अन्तरसम्बन्ध मजबुत बताउन समेत जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्नुपर्ने वरिष्ठ अधिवक्ता चापागाईंको भनाइ छ।
सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले जलवायू न्यायबाट विशेषगरि महिलाहरु प्रभावित भएको बताइन्।
सुख्खा भएसँगै पानीका लागि लामो यात्रा गर्दा महिलाहरू प्रभावित हुने गरेको उनकाे भनाइ छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया