बिएल संवाददाता
पूर्वजलस्रोत तथा सिँचाईमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले नेपालले उर्जा तथा जलस्रोतको विषयमा भारतसँग डिल गर्दा राष्ट्रिय हितलाई आधार बनाएर गर्नुपर्ने बताएका छन्।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नेपाल–भारत सम्बन्धमा नेपालको उर्जा तथा जलस्रोतको भूमिका विषयक संवाद कार्यक्रममा बोल्दै उनले जलस्रोतको कुरा गर्दैगर्दा राष्ट्रिय हितलाई आधार बनाउने कुरा बिर्सन नहुने बताए।
उनले दुई देशको सम्बन्धलाई पारस्परिक लाभको आधारमा कसरी लैजान सकिन्छ भन्ने विषयमा ध्यान दिन जरुरी रहेको पनि बताए।
उनले भने, ‘दुई देशबीचको सम्बन्धको दृष्टिकोणले हेर्दा एउटा विश्वास कायम गर्ने कुरा त छँदै छ, त्यो ठिकै छ। तर जलस्रोतको कुरा गर्दैगर्दा बिर्सन नहुने कुरा चाँही राष्ट्रिय हितलाई आधार बनाएर जानुपर्छ भन्ने हो। भारतले पनि राष्ट्रिय हितलाइ पहिलो बनाएर नेपालसँग डिल गर्ने हो। दुई देशको सम्बन्धलाई पारस्पारिक लाभको आधारमा कसरी लैजाने भन्ने विषयमा ध्यान दिनुपर्छ।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया