बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबिच भेटवार्ता भएको छ।
अध्यक्ष यादव श्रेष्ठलाई भेट्न सोमबार बिहान उनको ललितपुर हात्तीवनस्थित निवासमा पुगेका हुन्।
दुई नेताबीचको भेटवार्ताका क्रमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
त्यस्तै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा सङ्घर्षरत शक्तिहरूको भूमिकाबारे दुई नेताबीच विस्तृत छलफल भएको छ।
आ–आफ्ना कमजोरीका सम्बन्धमा आत्मालोचना गर्दै एकताबद्ध भूमिकामा कसरी अघि बढ्ने भन्ने विषयमा पनि भेटवार्तामा ध्यान केन्द्रीत गरिएको बताइएको छ।
वरिष्ठ उपाध्यक्षले पछिल्लो समय उच्चस्तरीय राजनीति भेटवार्तालाई तीव्रता दिएका छन्। यसअघि उनले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव), नेकपा एसकाका महासचिव घनश्याम भुसाल र सम्मानित नेता झलनाथ खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया