सोमबार, ११ अगस्ट २०२५

हात्तीवनमा नारायणकाजी र उपेन्द्रबीच गम्भीर वार्ता

News Image
• • •

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबिच भेटवार्ता भएको छ। 

अध्यक्ष यादव श्रेष्ठलाई भेट्न सोमबार बिहान उनको ललितपुर हात्तीवनस्थित निवासमा पुगेका हुन्।

दुई नेताबीचको भेटवार्ताका क्रमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। 

त्यस्तै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा सङ्घर्षरत शक्तिहरूको भूमिकाबारे दुई नेताबीच विस्तृत छलफल भएको छ।

आ–आफ्ना कमजोरीका सम्बन्धमा आत्मालोचना गर्दै एकताबद्ध भूमिकामा कसरी अघि बढ्ने भन्ने विषयमा पनि भेटवार्तामा ध्यान केन्द्रीत गरिएको बताइएको छ।

वरिष्ठ उपाध्यक्षले पछिल्लो समय उच्चस्तरीय राजनीति भेटवार्तालाई तीव्रता दिएका छन्। यसअघि उनले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव), नेकपा एसकाका महासचिव घनश्याम भुसाल र सम्मानित नेता झलनाथ खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!