बिएल संवाददाता
नुवाकोटको पन्चकन्या गाउँपालिका-२ कालिकास्थान कोटथोकमा बाँदर धपाउन जाँदा ढलेका एक किसानको मृत्यु भएको छ।
आफ्नै घरबारीमा आएका बाँदर धपाउने क्रममा बुधबार बिहान स्थानीय ५८ वर्षीय गोकर्ण नेपालीमाथि बाँदरको भीडले आक्रमण गरेको समाचारहरू सार्वजनिक भएका थिए।आक्रमणबाट अचेत भएका नेपालीको अस्पताल लेजाँदै गर्दा बाटोमा मृत्यु भएको स्थानीयवासीको हवाला दिँदै आएका समाचारहरू झुटो भएको खुलेको छ।
१०० भन्दा बढी बादरको फौजले आक्रमण गरेपछि अचेत भएका नेपालीलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै ज्यान गएको समाचारहरू सार्वजनिक भएका थिए।
तर, नेपालीको मृत्यु बाँदरको आक्रमणले नभएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार गोकर्ण नेपालीको निधन भएको सत्य भए पनि कारण बाँदरको आक्रमणबाट मत्यु नभएको पुष्टि गरेको छ।
नेपाली लामो समयदेखि बेहोस हुने गरेको खुलेको छ। उनी सुगर र प्रेसरको पनि बिरामी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। बाँदर धपाउन जाँदा बेहोस् भएर ढलेका नेपालीलाई उपचारका क्रममा काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
निधन भएपछि उनलाई गाउँनै फर्काइएको थियो।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया