
बिएल संवाददाता
नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ र भव्य पार्टी केन्द्रीय कार्यालय बनाउने घोषणा गरेका छन्।
जेन–जी आन्दोलनका क्रममा कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालय आगजनी भएको थियो। आन्दोलनका क्रममा सेनाको सुरक्षामा बसेका प्रचण्डले मंगलबार बाहिर निस्किँदै आजगनी भएको पार्टी कार्यलय अवलोकनमा पुगेका थिए।
अवलोकनपछि कार्यालय भवन सरसफाइमा समेत केही समय बिताएका उनले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने घोषणा गरेका हुन्।
प्रचण्डले भने, ‘क्षति त पुर्याइयो, पुग्यो, तर म के भन्न चाहान्छु भने अब पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टीपंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा भव्य भवन बनाइने छ।’
उनले नयाँ पार्टी कार्यालय कहाँ र कहिलेबाट बनाउने भन्ने खुलाएका छैनन्।
आन्दोलनका क्रममा पार्टी कार्यालयसहित प्रचण्ड निवास, छोरीहरू गंगा, रेनुसको घरमा पनि आगजनी र तोडफोड भएपछि उनी अहिले आफन्तको घरमा सहारा लिइरहेका छन्।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया