अर्थमन्त्री पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल भर्ना
पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगो लाग्दा उनीहरू घाइते भएका थिए। पोखरामा सामान्य उपचारपछि उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। अहिले अर्थमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल भर्ना गरिएको छ।
बिएल संवाददाता - काठमाडौं