बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रविकिरण हमालले सरकारले वार्तामा बोलाएर सिंहदरबारको गेटबाटै छिर्न नदिएको बताएका छन्।
माइतीघरमा आन्दोलित रहेको जेनजीहरूलाई समर्थन गर्दै उनले वार्ताको लागि बोलाएर गेटमै रोक्नुजस्तो ठूलो अवमूल्यन केही नभएको भन्दै त्यसले गर्दा आजको अवस्था सिर्जना भएको बताए।
सिंहदरबार कसैको निजी सम्पत्ति नभई सबै जनताको भएको भन्दै त्यहाँ सबैले प्रवेश गर्न पाउनुपर्ने पनि उनको भनाइ छ।
उनले भने, ‘सरकारले हाम्रा साथीहरुलाई वार्तामा बोलाउनुभयो तर गेटमै रोक्नुभयो। योभन्दा ठूलो अवमूल्यन के हुनसक्छ। अस्ति जुन रगत बगेको थियो त्यो किन बगेको हो भन्ने कुरा सरकारले आत्मसाथ गरेको भए आजको अवस्था सिर्जना हुने नै थिएन। सिंहदरबार भनेको उहाँहरूको निजी सम्पत्ति होइन् त्यो सबै जनताको सिंहदरबार हो, त्यहाँ सबैले प्रवेश गर्न पाउनुपर्छ।’
यस्तै, उनले पुरानै निर्वाचन पद्धती राखेर गरिने निर्वाचनले देशमा स्थायित्व नदिएको भन्दै विगतकै अवस्था दोहोराउनको लागि यति ठूलो बलिदान नभएको बताए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया