सोमबार, ०८ डिसेम्बर २०२५

प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष डा. कुमार शर्मालाई नियुक्तिपत्र

News Image
• • •

सरकारले प्रेस काउन्सिलका अध्यक्षमा डा. कुमार शर्मालाई नियुक्त गरेको छ।

आइतबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री जगदीश खरेलले शर्मालाई नियुक्तिपत्र दिएका हुन्।

यसअघि मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

नियुक्ति पत्र प्रदानपछि मन्त्री खरेलले नेपालको आम सञ्चार माध्यम र सामाजिक सञ्जाललाई व्यवस्थित,मर्यादित र अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए।

संविधान कानुनले दिएको जिम्मेवारी पूरा गर्दै काउन्सिलले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउँदै उनले अध्यक्ष आइसकेपछि काउन्सिलले प्रभावकारी ढंगले काम गर्छ भन्ने अपेक्षा रहेको धारणा राखे।

उनले भने, ‘नेपालको आम सञ्चार माध्यम र सामाजिक सञ्जाललाई व्यवस्थित, मर्यादित र अझ प्रभावकारी बनाउनुपर्ने छ, त्यो निर्माण गर्ने सन्दर्भमा संविधान कानुनले दिएको जिम्मेवारी पूरा गर्दै काउन्सिलले प्रभावकारी रुपमा काम गर्नुपर्ने छ। अब अध्यक्ष आइसकेपछि प्रेस काउन्सिलले प्रभावकारी ढंगले काम गर्छ भन्ने अपेक्षा छ।’

उनले इतिहासमा रेकर्ड हुनेगरी काम गर्न अध्यक्ष शर्मालाई आग्रह गरे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!