बिएल संवाददाता
कांग्रेस नेता शेखर कोइराला सभापति शेरबहादुर देउवा भेट्न उनकै निवास पुगेका छन्।
मंगलबार नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई साथमा लिएर देउवा भेट्न पुगेका हुन्।
क्रियाशील सदस्यता वितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले सिफारिस गरेका नेताहरूको कारबाही फुकुवा लगायत विषयमा कुरा गर्न उनीहरू देउवा निवास पुगेका हुन्।
कोइरालाले नम्बर बिनाका फारम जिल्ला पठाउँदा पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवालाई गुनासो गरे।
बिना नम्बरका ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन निर्देशन गर्न देउवालाई उनले आग्रहसमेत गरे। नम्बर बिनाका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु नहुने उनको तर्क थियो।
त्यस्तै कोइरालाले गत ०७९ सालको निर्वाचनमा गठबन्धनविरुद्ध लागेको भरमा कारबाही गरिएका नेताहरूको कारबाही फुकुवा गरी महाधिवेशन र निर्वाचनमा खटिने वातावरण बनाउन ध्यानाकर्षण गराए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया