बिएल संवाददाता
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले नवलपरासी-१ बाट विनोद चौधरीको एक नाम सिफारिस गरेको छ।
क्षेत्रीय कार्यसमितिबाट जिल्ला हुँदै दुई जनाको नाम सिफारिस भएकोमा लुम्बिनी प्रदेश कार्यसमितिले चौधरीको एकल नाम सिफारिस गरेको हो।
कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाहरूबाट सिफारिस भएका नामहरू आवश्यक सुझावसहित केन्द्रमा पठाउने निर्णय गरेको प्रदेश सभापति अमरसिंह पुनले बताए।
क्षेत्र नम्बर १ बाट चौधरीसँगै अर्का नेता विक्रम खनालको नाम पनि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सिफारिस भएको थियो। तर पार्टीले साधारण सदस्य नै नरहने गरी कारवाही गरेकाले खनालको नाम केन्द्रमा नपठाइएको पुनले बताए।
खनाल कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति महामन्त्री थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया